by Ramlal Joshi
One-time purchase · Instant delivery
ऐना कथा संग्रहले देशको सुदुरपश्चिममा भूभाग देखिएको जीवनको यथार्थ चित्रण गरेको छ । यो कथा संग्रहले २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। जोशीका अन्य कथाहरू फरक फरक संस्कृतिले सजिएका छन् । उनका सम्पूर्ण कथाहरूले सुदूरपश्चिमको समाजलाई प्रतिनिधित्व गर्दछन् । तर साहित्य र कलाले समाजका राम्रा र नराम्रा दुबै पक्षलाई समेटन पर्छ भन्ने सिद्घान्तबाट जोशी अलि पर देखिएका छन् । समग्रमा जोशीका कथाहरू पूर्णकदको फोटो नभएर अर्धकदको मात्रै जस्तो लाग्छ । उनका कथामा पाइने सीमा भनेकै कथाहरू अस्वाभाविक प्रवाहमा बग्नु हो । पाठकले जुन कुरा सोचेर कथा पढ्न सुरु गर्छन् तर कथाको गति तिरबितर भएको स्थिति पैदा भएको छ ।