by Rabindra Mishra
One-time purchase · Instant delivery
पचास दिन हिरासतमा बस्दा मिश्रले ३५ ओटा कविता लेखेका थिए । तिनै कवितालाई उनले यस संग्रहमा संगृहीत गरेका हुन् । ‘कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रूपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भने । मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो ।