by Purushottam Bajagain
One-time purchase · Instant delivery
बेस्ट—सेलर उपन्यास 'नीलो प्रेम' प्रकाशित भएको तीन महिनामा नै हजारौं प्रति बिक्रि भएको बहुचर्चित उपन्यास हो । नेपालभित्र मात्र नभई संसारभरि रहेका नेपाली युवापुस्ता र नेपाली पाठकले यो उपन्यास रुचाएका छन् । उपन्यासबारे लेखक पुरुषोत्तम बजगाईं भन्छन्— प्रेम, मित्रता, परिवार, आत्मपहिचान र समाज किशोरावस्थाका अत्यन्त संवेदनशील विषय भएकाले पुस्तकमा ती विषय समेट्ने प्रयास गरेको छु । कथाको विषयवस्तु नीलो आकाशझैं विशाल र सागरझैं हार्दिकताको गहिराइको चरणमा हुने अनन्त आदर्श प्रेमको हो । यसैले पुस्तकको शीर्षक राखेको हुँ । पुस्तकको नीलो रंगले यही द्वन्द्व, गहिराइ र एक्लोपनलाई प्रतीकात्मक रूपमा बोकेको छ । उपन्यास लेख्दा मैले युवावस्थाको यही मनोविज्ञानलाई नजिकबाट बुझ्ने प्रयास गरेको थिएँ ।