by Sangita Swechcha
One-time purchase · Instant delivery
लेखिका सङ्गीता स्वेच्छाले १८ वर्षको उमेरमा नै लेखेको उपन्यास 'सेतो सिउँदो'ले चालिसको दशकमा नेपाली समाजमा नारीहरूले भोग्नुपरेको पीडालाई चित्रण गरेको छ । तत्कालीन समयमा हुने गरेको महिला बेचविखनको घटना पनि यस उपन्यासमा पाइन्छ । कल्पनाको तीव्रता यो उपन्यासको सुन्दर पक्ष हो । सेतो सिउँदो पनि प्रेम कथामा आधारित कृति हो, जसमा प्रेम हुन्छ, धोका हुन्छ र त्यसपछि एउटा परिपक्व जीवन सुरु हुन्छ । कथा, उपन्यास र कविता लेखनमा सक्रिय स्वेच्छा युके बस्दै आएकी छिन् ।
उपन्यासले एक महिलाको मन, उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ। संगीता स्वेच्छाको किशोरावस्थामा लेखिएको यो उपन्यास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यले यस उपन्यासमा गर्व गर्न सक्छ।’ - प्रतिमा केसी 'प्रवासी'
Love and Life
Nepali Women's Grief
South Asian Society