by Chhuden Kabimo
One-time purchase · Instant delivery
मदन पुरस्कार प्राप्त उपन्यास उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौदेखि धरमराइरहन विवश श्रमिकहरूको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् ।